(स्वागतम् ! स्वागतम !! स्वागतम् !!!)३
वार्षिकोत्सवमा पाल्नु भएका
अतिथीहरुलाई स्वागतम् ।
त्रि.आ.उ.मा.वि.मा हाम्रो स्वागतम्
हृदय देखिनै स्वागतम् ।
(हजुर हाम्रा गुरु , हजुरकै शिष्य)२
(स्वच्छ वातावरण नै हो हाम्रो
उज्जवल भविष्य ।
यही हाम्रो चाहना, यही हाम्रो कामना ।
(स्वागतम)२
(हामी सबै नेपाली कोही छैनौ पराई)२
संस्कृतिको धनी देश हिमाल, पहाड, तराई
यहि हाम्रो गौरव, यही हाम्रो शान
(स्वागतम)२
(चिनाउनु छ यहाँ नया नेपाल बनाई)२
कृति केही छरेर छोडौं यो देशलाई
यही हाम्रो नारा हो , हाम्रो अभिभारा
(स्वागतम)३
स्वागत गीत
अतिथि मान्यजनलाई
श्रद्रेय गुरुजनलाई
सम्मानको माला पहि¥याई
मनमन्दिरमा हाम्रो स्वागत
त्रि.आ.मा.वि.मा हाम्रो स्वागतम्
अनुशासन, मर्यादा सिकाउने मन्दिर यो
सु–संस्कार, संस्कृति सिकाउने मन्दिर यो
शिक्षाको ज्योति छर्नेलाई
ज्ञानको दियो बाल्नेलाई
सत्कारको माला पहि¥याई
मन्मन्दिरमा हाम्रो स्वागतम्
त्रि.आ.मा.वि.मा हाम्रो स्वागत
नैतिकवान, कर्मशिल बनाउने मन्दिर यो
निष्ठावान धैर्यवान बनाउने मन्दिर यो
भाग्यनिर्माताहरुलाई
विद्यादान दाताहरुलाई
श्रद्धाको माला पहि¥याई
मनमन्दिर हाम्रो स्वागतम्
त्रि.आ.मा.वि.मा हाम्रो स्वागतम्
ह्ृदय देखि नै स्वागतम् ।
By Resham Thapa
No comments:
Post a Comment