ऐतिहासिक घटनाक्रमसँग सँगै २००७ सालमा मुलुकमा प्रजातन्त्रको स्थापनाको परिणाम स्वरुप स्याङ्जाबासीहरुको चेतना, जोश, जाँगर र समयको आवश्यकतालाई मध्ये नजर गरी शिक्षण संस्था खोल्ने तर्फ अग्रसर हुन थाल्यो । भविश्यलाई समुन्नत र उज्वल बनाउनका लागि प्रमुख आधार शिक्षा नै हो भनी बुझ्नेहरुको अग्रंसरतामा स्याङ्जा पुतलीखेतमा २००८ सालमा पहिलो प्राथमिक स्कूल स्थापना भएको थियो । यसको स्थापनामा योगदान दिने प्रमुख व्यक्तिहरुमा फणिनारायण श्रेष्ठ, आनन्दप्रसाद श्रेष्ठ, काँशीप्रसाद श्रेष्ठ लगायत त्यस क्षेत्रका बासिन्दाहरु थिए । उपलब्ध अभिलेख र जनअभिमतका अनुसार काठमाडांैबाट ल्याइएका रत्न बहादुर श्रेष्ठ त्यसको पहिलो शिक्षक हुनुहुन्थ्यो । २०११ सालको बाढीले विद्यालयको टहरो बगाईदिए पछि लक्ष्मण कर्णेलद्धारा निर्मित पौवा (हाल विद्यालय रहेको ठाँउ) मा पठन पाठन गर्न शुरु गरिएको थियो ।
२०१५ सालदेखि २०२२ सालसम्म मिडिल स्कूलको रुपमा सञ्चालित यस विद्यालयले २०३३ सालमा माध्यमिक विद्यालयको कक्षा सञ्चालन गर्ने स्वीकृति पायो । माध्यमिक विद्यालयको स्वीकृति पाएपनि २०२९ सम्म रात्री पाठशाला हाईस्कूलको नामले सञ्चालन हुदै आएको थियो । सुरुमा एउटा भाषा पाठशालाको रुपमा दिवानचोक स्थित ढावे चौपारीमा पं चक्रपाणी शर्माले संचालन गर्नु भै पछि पुतलीबजारमा काजिमान श्रेष्ठको ठाटीनेरको चौपारीमा अंग्रेजी शिक्षाको सुरवात गर्ने उद्देश्यले काठमाण्डौंबाट शिक्षक झिकाई पठनपाठन सुरु गरेको तथ्य अग्रजहरुबाट सुन्न पाईन्छ । तत्कालिन समयमा यहाँका शिक्षाप्रेमी बुद्धिजीवीहरुले खरको कटेरो बनाई पुतलीखेतमा पढाई गरेको र २०११ सालको वाढीले त्यसलाई बगाएपछि स्याङ्जा हटियाको पूर्वपट्टि सिरानमा रहेको लक्ष्मण कर्णेलले भब्य कलात्मक पौवा (यसै ठाँउमा) विद्यालय संचालन भई २०१५ सालमा विधिवत स्थापना भएको थियो । २०१५ साल देखि २०२२ साल सम्म मिडिल स्कुलको रुपमा सञ्चालित यस विद्यालयले २०३३ सालमा माध्यमिक विद्यालयको कक्षा सञ्चालन गर्ने स्वीकृती पायो । माध्यमिक विद्यालयको स्वीकृति पाए पनि २०२९ साल सम्म रात्री पाठशाला हाइस्कुलको नामले सञ्चालन हुँदै आएको थियो । यस विदर्यालय स्थपना गर्नको निमित्त यहाँका शिक्षाप्रेमी समाजसेवी पूर्ण बहादुर खड्का, ओमकार सैजु, शेखर प्रधान, अशोक कुमार श्रेष्ठ, फनिनारायण श्रेष्ठ, पुष्पमान श्रेष्ठ, काजिमान श्रेष्ठ , श्यामप्रसाद श्रेष्ठ , रामप्रसाद श्रेष्ठ , भोलानाथ लंसाल , मेघबहादुर क्षेत्री , गुरुदत्त पराजुली , महेशकुमार श्रेष्ठ, बुद्धि प्रसाद पोख्रेल लगाएतका महानुभावहरुको सक्रियता रहेको पाइन्छ । अहिलेको अवस्थासम्म यो विद्यालयलाई ल्याई पु¥याउनमा यहाँका धेरै शिक्षाप्रेमी महानुभावहरुको अतुलनिय योगदान रहेको छ ।
समयको परिवर्तन सँगसँगै विद्यालय संचालन एवं ब्यवस्थापन गर्नको निमित्त कहिले विद्यालय सञ्चालक समिति त कहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा
काजिमान श्रेष्ठ
हिरामान श्रेष्ठ
हुमादत्त उपाध्याय
महेशकुमार श्रेष्ठ
चन्द्रमणी पौडेल
गोपालमान श्रेष्ठ
आनन्द प्र.श्रेष्ठ
जय प्रसाद पौडेल
विश्वप्रेम अधिकारी
बुद्धि प्रसाद पोख्रेल
तुलसी गिरी
अग्नि प्रसाद भण्डारी र अहिले फेरि तुलसी गिरी यस विद्यालयको अध्यक्ष हुनु भएको छ ।
यसरी नै प्रधानाध्यापकहरुमा
केदार शर्मा ढकाल
बुद्धि प्रसाद पोख्रेल
रामकरण चौधरी
भुवन बहादुर पौडेल क्षेत्री
जीवलाल काफ्ले हुँदै अहिलेको
मुक्ति प्रुसाद रेग्मी हुनु भएको छ ।
No comments:
Post a Comment